रामचन्द्रलाई राष्ट्रपतिमा जिताउन कांग्रेस पदाधिकारी सातवटै प्रदेश जाने
काठमाडाैं | फागुन १७, २०७९
काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरूलाई सहभागी गराउने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशमा गर्न लागेको भेलामा पार्टी पदाधिकारीहरूको सहभागीता गराउने निर्णय गरेको हो।
भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई सहभागी गराउन कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन भएको सहकार्यलाई बलियो बनाउने र कांग्रेस उम्मेदवारलाई अधिक मतका साथ विजयी गराउनका लागि पहल गर्ने निर्णय भएको उनले बताए। राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी दर्ता भएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

